नेप्से बढ्यो तर, घट्यो अधिकांशको मूल्य-Sutra News

नेप्से बढ्यो तर, घट्यो अधिकांशको मूल्य

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । लगातार बृद्धिका बीच साताको चौथो दिन बुधबार पनि शेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकको बढेको छ । बुधबार १५.५४ अंकले बढ्दै नेप्से २१३१.४९ को बिन्दुमा उक्लिएको छ । समग्रमा ०.७३ प्रतिशतले नेप्से बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



दोहोरो अंकले बढे पनि यस दिन नेप्सेका अधिकांश उपसूचक राताम्मे बने । बैंक क्षेत्रमा उत्साह छाउँदा अन्य उपसूचकमा रातो लाग्यो । यस दिन वाणिज्य बैंक, विकास बैंक, होटल र सामूहिक लगानी बाहेक नेप्सेका सबैजसो उपसूचकमा गिरावट आयो ।

स्टक एक्सचेन्जका अनुसार यसदिन समग्रमा २४७ कम्पनीमध्ये १६१ कम्पनीको मूल्य घट्यो । ८१ कम्पनीको मूल्य बढ्दा पाँच कम्पनीको मूल्य यसअघिकै दिनको कायम रह्यो ।

नेप्से उकालोमा लाग्दा कारोबार रकम पनि बढेको छ । यस दिन एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन सर्वाधिक नेरुडे मिर्मिरे लघुवित्त, पोखरा फाइनान्स, सिइडिबी हाइड्रो, फस्ट माइक्रोलगायतका कम्पनीको कारोबार उच्च भएको स्टक एक्सचेन्जले जनाएको छ । नेरुडे मिर्मिरे लघुवित्तको मात्रै तीन लाख दुई हजार ४०२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २४ करोड ४२ लाख ८० हजार रुपैयाँ हाराहारीको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट