टी-२० विश्वकपमा सहभागी हुन सन्दीपलाई अमेरिकाले दिएन भिसा-Sutra News

टी-२० विश्वकपमा सहभागी हुन सन्दीपलाई अमेरिकाले दिएन भिसा

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडाैं । ‘गौशाला २६’ विरुद्धको बलात्कार अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएर इन्टरेनशनल क्रिकेट काउन्सिलको अनुमोदनपश्चात् अमेरिका र वेस्ट इन्डिजले संयुक्तरूपमा आयोजना गरेको टि-२० विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।



टि-२० विश्वकपमा सहभागी हुन भोलिसम्म अमेरिका उड्ने तयारीमा रहेका सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुराको जानकारी दिएका छन् ।

‘काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएपछि ‘नेपाल स्थित अमेरिकी राजदूतावासले फेरि त्यही गरे सन् २०१९ मा मलाई जे गरेका थिए’, उनले सामाजिक सञ्जालमा लेखेकाे छन्, ‘उनिहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने टि-२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेका छन् ।’

अमेरिका र वेस्ट इन्डिजमा आयोजित टि-२० विश्वकपमा सहभागी हुन भिसा नपाएकोमा दु:ख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफी मागेका छन् । गौशाला २६ विरुद्धको बलात्कार अभियोगबाट सफाइ पाएपछि लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टिममा सन्दीप जोडिएसँगै टि-२० विश्वकपमा अन्डरडग प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमको रणनीति पनि संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट