सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार ९०० रुपैयाँले घटेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट