होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई छुट-Sutra News

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई छुट

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।



मंगलबार छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरुमा बिशेस छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारी द्घारा सन्चालीत होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगितपे्रमि लक्षित होटल तथा रेष्टुरेण्ट को रुपमा बहुचर्चित पाइन्छ ।

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकले बैंकिङ्ग सेवा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट