शेयर बजारमा उत्साह कायमै : २३ अंकले बढ्दा पाँच अर्बमाथिको कारोबार-Sutra News

शेयर बजारमा उत्साह कायमै : २३ अंकले बढ्दा पाँच अर्बमाथिको कारोबार

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । लगातार बढिरहेको शेयर बजारमा साताको तेस्रो कारोबार दिन पनि उत्साह छाएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार २३.९४ अंकले बढ्दै बजार २११५.९४ को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार १.१४ प्रतिशतले बृद्धि भएको छ ।



स्टक एक्सचेन्जका अनुसार यस दिन सर्वाधिक नेप्सेको वित्त र जलविद्युत उपसूचकमा बृद्धि भयो । वित्त उपसूचक ३.५५ प्रतिशतले बढ्दा जलविद्युत २.१६ प्रतिशतले बृद्धि भयो ।

अधिकांशमा हरियाली छाउँदा यस दिन विकास बैंक र अन्य उपसूचकमा भने केही गिरावट आयो ।

यस कारोबारमा आएका २४६ कम्पनीमध्ये १९४ को मूल्य बढ्दा ४३ कम्पनीको मूल्यमा सामान्य गिरावट आएको स्टक एक्सचेन्जले जनाएको छ । नौ कम्पनीको भने मूल्य यसअघिकै दिनको कायम भएको स्टक एक्सचेन्जले जनाएको छ ।

बजारमा उत्साह छाउँदा जानकी फाइनान्स, निरुदी लघुवित्त र सामुदायिक लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो । तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा थप पाँच कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन एक लाख ३२ हजार ४१ हजार २१७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ । जुन कारोबार रकम सोमबारभन्दा भने केहीले करोडले कम हो ।

यसअघिकै दिनमा जस्तै यस दिन पोखरा फाइनान्स, सिइडिबी हाइड्रपावर कम्पनी, कालीका पावरलगायतको कारोबार उच्च भएको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट