हलमा ‘फर्की फर्की’ भर्सेस ‘पुजार सार्की’, कसले मार्ला बाजी ?-Sutra News

हलमा ‘फर्की फर्की’ भर्सेस ‘पुजार सार्की’, कसले मार्ला बाजी ?

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडाैं । बिहीबार (आज) देखि दुईवटा नयाँ नेपाली फिल्म एक साथ प्रदर्शनमा आएका छन् । बुद्ध जयन्तीको बिदाको अवसर पारेर नेपाली फिल्म ‘फर्की फर्की र ‘पुजार सार्की’ प्रदर्शनमा आएका हुन् । यी दुवै नेपाली फिल्मले ओपनिङ राम्रो गर्न सक्ने अनुमान छ ।



‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित फिल्मको निर्माता रोहित अधिकारी हुन् ।

प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो फिल्मका निर्माता हुन् ।

दुवै फिल्मले देशभरका मल्टिप्लेक्समा करिबकरिब बराबरीको संख्यामा शो पाएका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका आउटलेटमा ६१ शोज उपलब्ध गराएको छ ।  जसमा काठमाडौंमा २८ र मोफसलमा ३३ शो दिएको छ ।

क्यूएफएक्सले ‘पुजार सार्की’लाई ५८ शो दिएको छ । जसमा काठमाडौंमा २७ र मोफसलमा ३१ शो दिएको छ । दुवै फिल्मको प्रतिष्पर्धालाई नेपाली फिल्मवृत्तमा स्टार कलाकारबीचको महाभिडन्तको रुपमा हेरिएको छ। व्यावसायिक भविष्य भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

यस्तै शुक्रबारबाट हलिउड फिल्म ‘म्याड म्याक्स’ सिरिजको पछिल्लो श्रृंखला ‘फ्युरिओसा’ पनि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट