रहेनन् ‘सानु म’ गीतका मोडल लामा-Sutra News

रहेनन् ‘सानु म’ गीतका मोडल लामा

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘सानु म’को मोडल रहेका लामाको ३९ वर्षको उमेरमा निधन भएको हो।



थुप्रै गीतमा मोडलिङ गरेका उनको ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म’ सर्वाधिक हिट मानिन्छ। आलोक नेम्बाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा दीपेश र सुबानी मोक्तानको अभिनय छ। लामाले केही सिरियलहरूमा समेत अभिनय गरेका छन्।

लामाको मंगलबार अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको परिवारका सदस्यले जनाएका छन्।

उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका लामाको सडकमै निधन भएको जानकारी दिए । ‘उहाँमा हेपाटाइटिस बी थियो। तर त्यसले नभएर हृदयघातका कारण निधन भएको आशंका छ,’ शाहले भने।

लामाको पार्थिव शरीरलाई मंगलबार अन्त्येष्टि गरिएको छ।  उनको निधनको खबरलगत्तै फ्यानहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट