सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति-Sutra News

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

जनकपुरधाम । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।



जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईले जनाएअनुसार जिल्ला न्यायाधीश चुरामन खड्काकाे इजलासले तीन दिन थुनामा राख्न अनुमति दिएकाे हाे ।

प्रहरीले भने अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न माग गरेको थियो । तर, अदालतले भने तीन दिन मात्रै हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले सिरोहियालाई मंगलबार कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै धनुषा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट