धितोपत्र बोर्डद्वारा आइपीओ निष्कासनमा बुक विल्डिङ विधि लागु-Sutra News

धितोपत्र बोर्डद्वारा आइपीओ निष्कासनमा बुक विल्डिङ विधि लागु

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं–नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणालीका लागि निर्देशिका विधि लागु गरेको छ। आइपीओमा बुक विल्डिङ विधि लागु गरिंदैछ। यसैका लागि निर्देशिका बनाइएको हो।



निर्देशिकामा संस्थागत लगानीकर्ताका लागि सेयर बिक्री गर्दा कायम भएको कट अफ मूल्यको १० प्रतिशत छुट दिएर सर्वसाधारणमा आइपीओ निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, सर्वसाधारणले बुक विल्डिङ विधिबाट आइपीओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ। न्यूनतम बाँडफाँट हुने कित्ता पनि ५० नै रहनेछ। बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्नका लागि सेयरको अनुमानित मूल्य तथा मूल्यांकनका आधार र औचित्य खुलाइएको प्रारम्भिक विवरणपत्र तयार पारेर योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम ‘रोड शो’ सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम सेयर संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने भएको छ।

एउटा संस्थागत लगानीकर्ताले कुल निष्कासित सेयरको २० प्रतिशत भन्दा बढीका लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने भएको छ।संस्थागत लगानीकर्ताका लागि बिक्री गर्दा कायम भएको कट अफ मूल्यका आधारमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिनेछ । जसमा संस्थागतमा कायम कट अफको १० प्रतिशत छुटमा बिक्री गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट