कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु-Sutra News

कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको बताए।



उनका अनुसार नेशनल मेडिकल कलेजमा उपचाररत पुरुष मिर्गौला रोगी थिए भने गण्डक अस्पतालमा उपचाररत पुरुषको मुटुको समस्या थियो।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

केही दिनदेखि खोकी लाग्‍न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए। उनको स्वाव परीक्षण गर्दा कोरोना लागेको खुलेको थियो। स्वास प्रस्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट