काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि ६ हजार ३७ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। योसँगै संक्रमित हुनेको संख्या १९ हजार २७३ पुगेको छ।



त्यस्तै पछिल्लो २४ घन्टामा १४६ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेको संख्या १४ हजार ३१ रहेको स्जास्थ्य मन्त्रालयले जनाएको छ। आजसम्म कोरोनाका कारण ४९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट