काठमाडौंको टोखामा पहिरो जाँदा दिदीबहिनीको मृत्यु-Sutra News

काठमाडौंको टोखामा पहिरो जाँदा दिदीबहिनीको मृत्यु

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं- काठमाडौंको टोखामा पहिरोमा जाँदा दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर रहेको प्रहरीले जनाएको छ।



मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा तीन/तीन वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको हो।

प्रहरीका अनुसार बा-आमा खाना खाइरहेका बेला पहिरो गएको थियो। पहिरोले उनका दुबै छोरीलाई पुरिँदा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट