बोल्न सक्ने प्रतिभाका लागि ‘द स्पिकिङ्ग टाइटन शो’को घोषणा-Sutra News

बोल्न सक्ने प्रतिभाका लागि ‘द स्पिकिङ्ग टाइटन शो’को घोषणा

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । बोल्न र बोल्ने प्रतिभा भएकाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका आयोजना गरी उक्त शोको औपचारिक घोषणा गरिएको हो ।



औपचारिक घोषणासँगै कार्यक्रमका लागि डिजिटल अडिसन खुला गरिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने यस कार्यक्रममा सहभागी हुन DAAMI MUSIC APP र daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्ने छन् ।

प्रतियोगिताका लागि विश्वभर रहेका नेपाली भाषीले सहभागिता जनाउन सकिने आयोजकले जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनु पर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनु पर्नेछ ।

यस कार्यक्रमको निर्णायकका रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने छन् । कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने छन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ्ग टाइटन’को अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजनतर्फ प्राइम टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम सातादेखि प्रसारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट