संसद्‌मा सुहाङको विधिवत् ‘इन्ट्री’-Sutra News

संसद्‌मा सुहाङको विधिवत् ‘इन्ट्री’

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यमा इलाम–२ बाट निर्वाचन सुहाङ नेम्वाङले पद तथा गोपनियताको सपथ लिएका छन् । आज एक समारोहका बीच सभामुख देवराज घिमिरेले नेम्वाङलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । 



सपथसँगै औपचारिकरूपमा सुहाङ प्रतिनिधिसभाको सदस्य बनेका छन् । 

नेम्वाङ यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले हराएका थिए । 

नेम्वाङले २७ हजार ७७२ मत पाउँदा खड्काले २१ हजार ९४२ मत पाएका थिए । 

२०७९ मंसिरमा भएको आम निर्वाचनमा सुहाङकै बुबा सुवास नेम्वाङ इलाम–२ बाट विजयी भएका थिए । तर, उनको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त थियो । जहाँ उपनिर्वाचन हुँदा उनी विजयी भएका हुन् । 

२०४६ फागुन ६ मा जन्मिएका सुहाङ प्रतिनिधिसभामा सबैभन्दा कम उमेरमध्येका सांसदहरुमा पर्दछन् । पेशाले अधिवक्ताको रुपमा रहेका सुहाङको पहिलो संसद् यात्रा कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ, यद्यपि युवा समूहको प्रतिनिधित्व गर्ने सुहाङको संसद् यात्रालाई महत्वको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट