पक्की पुल बन्न नसक्दा जोखिमपूर्ण यात्रा-Sutra News

पक्की पुल बन्न नसक्दा जोखिमपूर्ण यात्रा

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । भोजपुर र संखुवासभा दुई जिल्ला जोड्ने पक्की पुल नबन्दा सर्वसाधरणले सास्ती बेहोर्नु परेको छ । अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको हो ।



उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभाको सीमा भएर बग्ने अरुण नदीमा पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको प्रयोग हुँदै आएको छ । फेरीमै सवारी तथा ढुवानी साधन तारिँदा जोखिम भएको स्थानीयको भनाइ छ ।

वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट