टी-२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली सार्वजनिक-Sutra News

टी-२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली सार्वजनिक

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । गत वर्ष सम्पन्न एक दिवशीय क्रिकेटको विजेता टोली अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप खेल्ने टोली सार्वजनिक गरेको छ ।



सार्वजनिक भएको टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर जेक म्याकगुर्क फ्रेजरले स्थान बनाउन असफल भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलेका फ्रेजर पर्ने सम्भावना थियो ।

मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेडजलवुड, टिम डेविड र ट्रविस हेड जस्ता आक्रामक ब्याटरले स्थान बनाएका छन् ।

आगामी २ जुनदेखि सुरु हुने विश्वकपमा समूह ‘बी’मा अष्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड परेको छ । सन् २०२१ को टी २० विश्वकप विजेता अष्ट्रेलिया यस संस्करणमा उपाधिको दाबेदार टोली हो ।

अष्ट्रेलियाको टोलीमा मिचेल मार्श (कप्तान), एश्टन अगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट