आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना-Sutra News

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहको छ । आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।



देशको पहाडी भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट