इलाम २ : एउटा वडामा रास्वपाका मिलनले पाए तीन मत मात्रै-Sutra News

इलाम २ : एउटा वडामा रास्वपाका मिलनले पाए तीन मत मात्रै

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम-२ मा भएको उपनिर्वाचनको एउटा वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा तीन मत मात्रै पाएको छ ।



माङ्सेबुङ गाउँपालिका ५ को मतगणनामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले सर्वाधिक एक हजार ३२ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले जम्मा ३ मत पाएका हुन् ।

उक्त वडामा नेकपा एमालेका सुवाङ नेम्वाङले ६९ मत पाउँदा कांग्रेसका डम्बरबहादुर खड्काले ४९ मत पाए ।

पछिल्लो नतिजाअनुसार एमालेले ११ हजार ७८ मत पाएको छ । कांग्रेसले सात हजार ३२४ मत पाउँदा स्वतन्त्रका उम्मेदवारले छ हजार ९०१ मत पाएका छन् । रास्वपाले जम्मा एक हजार ५१२ मत मात्रै पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट