गुगलमा श्रीमतीको मृत्यु भए के फाइदा हुन्छ ? हेरेर हत्या, बनाए २२४ टुक्रा-Sutra News

गुगलमा श्रीमतीको मृत्यु भए के फाइदा हुन्छ ? हेरेर हत्या, बनाए २२४ टुक्रा

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । बेलायतमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी २२४ टुक्रा पारेका छन् । मार्च २०२३ मा यो घटना भएको हो । हत्याको एक वर्षपछि अप्रिल ५, २०२४ मा मेटसनले अदालतमा अपराध स्वीकार गरे ।



बेलायती सञ्चार माध्यम ‘मेट्रो’का अनुसार २८ वर्षीय निकोलस मेटसनले आफ्नी २६ वर्षीय श्रीमती होली ब्रेम्लीको हत्यापछि केही दिनसम्म शरीरका अंगहरू घरमै राखेका थिए । पछि फ्याँक्न साथीलाई पाँच हजार पाउण्ड दिएका थिए ।

रिपोर्टमा भनिएको छ कि होलीको हत्या गर्नुअघि मेटसनले आफ्ना घर पालुवा जनावरहरूलाई माइक्रोवेभमा रोस्ट गरेका थिए । उसले इन्टरनेटमा खोजेको थिए कि– श्रीमतीको मृत्यु भयो भने के फाइदा हुन्छ ? के उसले मरेपछि मलाई सताउने छ ?

प्रहरीले हत्याको कारण स्पष्ट नभए पनि म्याट र होलीको सम्बन्ध विच्छेद हुन लागेको अदालतलाई बताएको छ । प्रहरीले होली बेपत्ता भएको खबर पाएको थियो । उनी अन्तिम पटक १७ मार्च २०२३ मा घरमा प्रवेश गरेको देखिएका थिए ।

मेटसनले भने- श्रीमती लुकेकी छन्

खबर पाएलगत्तै प्रहरी अधिकारी मेटसनको घर पुगेका थिए । उनले होलीको बारेमा सोधेका थिए । त्यसपछि मेटसनले भने, ‘हुन सक्छ उनी खाटमुनी लुकेकी छन् ।’

प्रहरीलाई घरबाट रगतको गन्ध आएको थियो । यसपछि म्याटसन पक्राउ परेका थिए । २५ मार्च, २०२३ मा घटनाको ८ दिनपछि होलीको शवको २२४ टुक्रा नदीमा भेटिएको थियो ।

पोलिथिन झोलामा होलीको हात फेला परेको थियो । उनको टाउको अर्को झोलामा थियो । टाउकोमा कपाल थिएन । प्रहरीका अनुसार शवका धेरै अंगहरु अझै फेला परेका छैनन् ।

शरीरका अंगहरू फ्रिजमा राखियो

मेटसनलाई पक्राउ गर्ने क्रममा उनको घरमा खोजी गरिएको प्रहरीले जनाएको छ । यस्तो लाग्थ्यो कि हामी अपराध स्थलमा छौँ । त्यसबेला सुत्ने कोठाको भुइँ र ओछ्यानमा रगतको निशान भेटिएको थियो । बाथरुममा रगत, अमोनिया र ब्लीच पनि भेटिएको थियो । यो रगत शुद्ध गर्न प्रयोग गरिन्छ ।

प्रहरीका अनुसार भान्सा कोठा नजिकैको स्टोर रुममा रहेको ठूलो फ्रिजमा पनि पोलिथिन झोला भेटिएको थियो । त्यसमा रगत थियो । तर, यहाँ शरीरको कुनै अंग फेला परेन ।

होलीकी आमाले भनिन् कि पीटको मृत्युपछि होलीले मेटसनलाई पुलिसलाई रिपोर्ट गरेको थियो । प्रहरी कारबाही गर्न उनको घर पुग्दा मेटसनले भनेकी थिइन्, “म घरेलु हिंसाको सिकार छु, मेरी श्रीमतीले मलाई कुट्छिन् ।”

प्रहरीका अनुसार मेटसनलाई अटिजम स्पेक्ट्रम डिसअर्डर छ । यो एक मानसिक रोग हो । सञ्चारको कमीले गर्दा मानिसले आफूलाई पनि हानि पुर्‍याउन सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट