नौसेनाका दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा १० सदस्यको मृत्यु-Sutra News

नौसेनाका दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा १० सदस्यको मृत्यु

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडाैं । मलेसियामा मंगलबार बिहान एउटा दुखद घटना भएको छ । नौसेनाका दुई हेलिकप्टर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका छन् ।



यी हेलिकप्टरहरू रोयल मलेशियन नेवीको कार्यक्रमको तयारीमा रहेको बताइएको छ । यसै क्रममा दुवै एक अर्कासँग हावामा ठोक्किएका थिए । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार १० चालक दलका सदस्यको मृत्यु भएको सञ्चार माध्यमले जनाएका छन् ।

मलेसियाली नौसेनाका अनुसार लुमुट नौसेना बेसमा बिहान करिब ९ः३० बजे घटना भएको हो । दुर्घटनापछि मृतक सबैको शव लुमुट आर्मी बेस अस्पताल लगिएको छ । यहाँ उनीहरुको पहिचानपछि शव परिवारलाई बुझाइने छ ।

रिपोर्टका अनुसार एउटा हेलिकप्टरको रोटर (फ्यान) अर्को हेलिकप्टरसँग ठोक्किएर दुबै रंगशालाको जमिनमा खसेर दुर्घटना भएको हो । यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट