सर्लाहीको मनकामना सहकारीमा आगलागी, निभाउने प्रयास जारी-Sutra News

सर्लाहीको मनकामना सहकारीमा आगलागी, निभाउने प्रयास जारी

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । सर्लाहीको हरिवनमा मनकामना सहकारी संस्थामा आगलागी भएको छ । हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको सहकारीमा आइतबार बिहानै आगलागी भएको हो ।



हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । संस्थाको कार्यालयभित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीललाई जानकारी दिएका थिए ।

अहिले ठूलो संख्यामा स्थानीय र प्रहरी आगो निभाउन घटना स्थलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट