कारखानामा आगलागी हुँदा पुरुषको मृत्यु, शव पहिचान गर्ने प्रयास-Sutra News

कारखानामा आगलागी हुँदा पुरुषको मृत्यु, शव पहिचान गर्ने प्रयास

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । ललितपुरको हात्तिवनस्थित उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।



शनिबार बिहान सिक्मा मेटल कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शव जलेकाले पहिचान हुन नसक्ने अवस्थामा रहेको छ । अहिले शवको सनाखत गर्ने प्रयास भइरहेको छ ।

ललितपुर महानगर २३ स्थित मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट