इजलासमा श्रीमतीले विष सेवन गरेपछि निलम्बित न्यायाधीशलाई थुनामा राख्न आदेश-Sutra News

इजलासमा श्रीमतीले विष सेवन गरेपछि निलम्बित न्यायाधीशलाई थुनामा राख्न आदेश

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०
आरती गिरी/फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई सीधै थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले थुनामा राख्न आदेश दिएको हो ।



वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमतीको जाहेरीमा जिल्ला न्यायाधीश गिरीविरुद्ध काठमाडौं र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तर, गिरीको श्रीमतीले सर्वोच्चको इजलासमा नै विष सेवन गरेपछि सर्वोच्चले उच्च अदालतको आदेश बदर गरी थुनामा राख्न आदेश दिएको हो ।

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च पुगेकी थिइन् । गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने मागसहित उनले अनसन बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट