धनु र कुम्भ राशीलाई धेरै लाभ, तपाईंको दिन कस्तो ?-Sutra News

धनु र कुम्भ राशीलाई धेरै लाभ, तपाईंको दिन कस्तो ?

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

आजको राशिफल विं.सं. २०८० चैत १८ गते आइतबार । सन् २०२४ मार्च ३१ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५५ बजे भयो भने सूर्यास्त साँझ ६ः२० बजे हुनेछ ।



मेष

आजको मिहेनत खेर जानेछैन । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । व्यवसायिक कार्यको लागि यात्रा हुन सक्छ । दाम्पत्य जीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र साहस वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने देखिएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । स्वास्थ्य कमजोर रहन सक्छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्ने योग छ । रसरागमा आकर्षण रहला ।

मिथुन

उत्साहजनक समाचारले हर्ष बढ्नेछ तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । बुद्धिको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । व्यस्तता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आज विभिन्न अवसरले पछ्याउन सक्छ । बोलीको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । गुरुजनको विशेष सहयोग जुट्नेछ । धनलाभको योग छ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद आफन्तजनको साथ रहनेछ ।

तुला

नयाँ कामको सुरुवात खासै राम्रो नभए पनि विभिन्न अवसर मिल्ने एवम् कीर्तिमानी काम सम्पादन हुने समय छ । पारिवारिक भेटघाट होला । टाढिएका आफन्तहरू नजिकिनेछन । आरोग्यता रहनेछ । यात्रागत कार्य सफल रहनेछ ।

बृश्चिक

सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु

दिन शुभदायी छ । भाग्योदय हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने र विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । उन्नति पदोन्नति हुनेछ । शुभ काम बन्नेछ । रचनात्मक कार्य काम बन्नेछ भने गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । गर्दै आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सावधान रहनुहोला । कामका केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनु हितकर होला । प्रतिकुलताका बाबजुद नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ

भाग्यबल बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

दौडधुप बढेपनि व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट