आयरल्याण्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल-Sutra News

आयरल्याण्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । नेपाल र आयरल्याण्ड ‘ए’बीचको टी २० सिरिजको दोस्रो खेल आज हुने भएको छ ।



नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग नेपाली राष्ट्रिय टिमले आज दोस्रो खेल खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराहन्न १ बजे हुने छ ।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो । नेपालले आगामी टी २० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट