काँचो अण्डा खानु घातक, हुन सक्छ यी समस्या-Sutra News

काँचो अण्डा खानु घातक, हुन सक्छ यी समस्या

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । अण्डाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, ठीकसँग खान सकेन भने स्वास्थ्यमा समस्या पनि आउन सक्छ ।



सामान्यतया, खाने कुरा पकाउँदा त्यसमा पाइने पोषक तत्व कम हुँदै जान्छ । तर, अण्डाको हकमा त्यस्तो हुँदैन । अण्डा उसिनेर वा पकाएर खाँदा त्यसमा पाइने पोषक तत्व कम हुँदैन ।

स्वास्थ्य विशेषज्ञका अनुसार काँचो वा कम पकाएको अण्डा खाँदा धेरै रोगहरूको जोखिम बढ्छ । अण्डामा पाइने साल्मोनेला जस्ता ब्याक्टेरियाका कारण काँचो अण्डाको सेवनले स्वास्थ्यलाई गम्भीर हानी पुर्‍याउँछ ।

बर्डफ्लु वा अन्य पंक्षी रोग लागेमा काँचो अण्डा खानु स्वास्थ्यका लागि घातक हुन सक्छ । काँचो वा कम पकाएको अण्डाको सेवन गर्दा हुने हानी यस प्रकारका छन् :

ब्याक्टेरिया

काँचो वा नपाकेको अण्डामा ब्याक्टेरिया हुन सक्छ । जसको सेवनले हाम्रो स्वास्थ्यलाई हानी पुर्‍याउँछ । त्यसैले अण्डालाई सधै राम्ररी पकाउनु पर्छ ।

एलर्जी

कसै कसैलाई काँचो वा कम पकाएको अण्डाबाट एलर्जी हुन सक्छ । त्यस्ता व्यक्तिहरूले त्यसको सेवन नगर्नु राम्रो हुन्छ ।

विषाक्तता

काँचो वा कम पकाएको अण्डामा विषाक्त हुने खतरा हुन्छ । अण्डामा पाइने ब्याक्टेरियाले स्वास्थ्यलाई असर गरेको हुन्छ ।

साल्मोनेला संक्रमण

काँचो वा कम पकाएको अण्डाको सेवनले साल्मोनेला संक्रमणको जोखिम बढाउँछ ।

पाचन समस्या

कमजोर पाचन प्रणाली भएका मानिसहरूका लागि काँचो वा नपाकेको अण्डाको सेवन हानिकारक हुन सक्छ । यस्ता व्यक्तिले अण्डा पकाएर मात्र खानु पर्छ ।

कम प्रोटिन पाइन्छ

काँचो अण्डाको सेवनले शरीरलाई उचित मात्रामा प्रोटिन प्राप्त नहुन सक्छ । जब हामी काँचो वा कम पकाएको अण्डा खान्छौँ । हाम्रो शरीरले प्रोटिनलाई राम्ररी अवशोषित गर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट