नारामा राष्ट्रवाद तर, व्यवहारमा औधी विदेश माेह !-Sutra News

नारामा राष्ट्रवाद तर, व्यवहारमा औधी विदेश माेह !

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०

सन्तान जन्माउन भन्दै अमेरिका पुगेकी अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा अमेरिका उडेदेखि नै चर्चा र विवादको शिखरमा छिन् । उनको अमेरिका उडानको विषयमा चौतर्फी बहस भइरहेको छ ।



उनको अमेरिका उडानलाई लिएर उनी आबद्ध राप्रपाभित्र पनि बहस चलेको छ । हालै एक कार्यक्रमका बीच पार्टी राजेन्द्र लिङ्देनले थापाको अमेरिका उडानलाई लिएर टिप्पणी गरेका थिए ।

“‘एक जना चर्चित कलाकारले ‘बेबि प्लान’ भनेर पोस्ट गर्नुभयो र प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो– नानी जन्माउन अमेरिका !”, लिङ्देनले व्यंग्यात्मक शैलीमा प्रश्न गरेका छन्, “जीवनमा एउटी महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाँहदैन, उ नेपाली नहोस् नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?”

लिङ्देनको सार्वजनिक अभिव्यक्तिपछि राप्रपा नेतृ थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छिन् । उनले अरूमाथि प्रश्न उठाउनेले आफ्नो सन्तान नेपाल फर्काए हुन्थ्यो भनेर प्रतिक्रिया दिएकी छिन् । अहिले दुईबीचको कुराकानीलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।

उसो त लिङ्देनले आफ्नै छोरीलाई अध्ययनको नाममा अमेरिका राखेका छन् । उनी बेलाबखत छोरीलाई भेट्न अमेरिका पुगिरहन्छन् । नेतृ थापाको विषयलाई लिएर टिप्पणी गरेपछि स्वयम् लिङ्देनको मुकुण्डो भने उदारिएको छ ।

नेताले आफ्नो सन्तानलाई देशमै राखेर मात्रै राजनीति गर्नुपर्छ भन्नेकुरा सतही बहस र अन्धराष्ट्र्वाद सिवाय केही नहुन पनि सक्छ । तर, आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने प्रवृत्तिले आ–आफ्नै पोल खोलाखोल हुने सिवाय अर्को कुनै उपलब्धि हुने सम्भावना भने तत्काल देखिन्न ।

हुन त प्रत्येक घरबाट औसतमा कम्तिमा एक जना नेपाली नागरिक रोजगारी वा अध्ययनको नाममा तेस्रो देशमा छन् । यस्तो सन्दर्भमा नेताले आफ्नो सन्तानलाई देशमै राखेर मात्रै राजनीति गर्नुपर्छ भन्नेकुरा सतही बहस र अन्धराष्ट्र्वाद सिवाय केही नहुन पनि सक्छ । तर, आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने प्रवृत्तिले आ–आफ्नै पोल खोलाखोल हुने सिवाय अर्को कुनै उपलब्धि हुने सम्भावना भने तत्काल देखिन्न ।

आफ्नो मुलुकमा आफ्नै सन्तानको भविष्य नेपालमा नदेख्ने नेताहरूबाट अन्य नागरिकका समस्याको समाधान कसरी गर्लान् भन्ने कुरा उठ्नु अस्वभाविक पनि होइन । राजनीतिलाई नै जिविकोपार्जन गर्ने व्यवसायमा परिणत गरिसकेका अहिलेका नेताहरूले आफ्ना सन्तान किन र के उद्देश्यको लागि विदेशमा लगेका छन् भन्ने नागरिकका प्रश्नको उचित जवाफ दिन आवश्यक छ ।

आफ्नो सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई राष्ट्रवादको नाममा व्यंग्य गर्ने लिङ्देनले आफ्नी छोरी अमेरिकामा किन छिन र के गर्दै छिन् भन्ने प्रश्नको न्यायोचित जवाफ दिने हैसियत राख्दैनन् भने उनलाई अरुको विषयमा आलोचना गर्ने छुट पनि हुन्न भन्ने हेक्का राजसंस्था पुनर्स्थापनाको नाममा राष्ट्रवादको खेती गरिरहेका लिङ्देनले पनि बुझ्न आवश्यक छ ।

कुन नेताका सन्तान कुन देशमा के गर्दै छन् भनेर मात्रै चर्चा गर्ने हो भने पनि कम्तीमा एउटा आलेखमा यो पूरा गर्न कठिन छ । केही महिना अगाडि मात्रै हृदतघातबाट निधन भएका संविधानका अध्यक्ष एवम् नेकपा एमालेको संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन हुँदा उनको अन्तिम संस्कार गर्नसमेत दुई दिनसम्म उनका छोराहरूको प्रतीक्षा गर्नुपरेको तितो यथार्थ तपाई हामीले अनुभव गरेकै हो । यद्यपि, नेम्वाङका दुई छोरामध्ये एक छोरा भ्रमणको लागि मात्रै विदेश यात्रामा रहेका भए पनि अर्का छोराले आफ्नो कर्मभूमीको रूपमा अर्को देशलाई रोजेका थिए ।

आफ्ना सन्तानलाई विदेश पठाउने मामिलामा के कांग्रेस, के एमाले, के माओवादी सबै नेताहरू अग्रपंक्तिमै छन् । मूलतः कस्को चर्चा हुन्छ वा कसैको गुमनाम विदेश यात्रामा होलान् फरक यत्ति मात्रै हो ।

देशमा राजसंस्थाको अन्त्यसहित आफ्नो सम्पूर्ण परिवारलाई जनयुद्धमा सामेल गराएको दाबी गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त आफ्नो नातिनिको बिहे बेलायतमा अध्ययनरत युवासँग गर्न बाध्य बने भने विचरा लिङ्देन कुन खेतका मुली ?

आफ्ना सन्तानलाई विदेश पठाउने मामिलामा के कांग्रेस, के एमाले, के माओवादी सबै नेताहरू अग्रपंक्तिमै छन् । मूलतः कस्को चर्चा हुन्छ वा कसैको गुमनाम विदेश यात्रामा होलान् फरक यत्ति मात्रै हो ।

आफ्नो जीवन नै नेपाल र नेपालीको लागि राजनीतिमा समर्पण गरेको दाबी गर्ने वामपन्थी नेता एवम् नेकपा एकता अभियानका संयोजक समेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम पनि आफ्नी बुहारी लिएर अमेरिका उडेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा अमेरिकी सैन्य सेवामै कार्यरत रहेको विषय होस् वा पूर्व शिक्षामन्त्री एवम् माओवादी केन्द्रका सचीव देवेन्द्र पौडेलकी छोरीको विदेशयात्रा पनि विवादित बनेकै हुन् । खाली समयको कुरा मात्रै हो, कुन कतिबेला चर्चामा रहन्छन् र कहिले सेलाउँछन् ।

नत्र यो लिस्टमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व अर्थमन्त्री जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतदेखि लिएर जीवनभर त्याग र सादगी राजनीति गरेको दाबी गर्ने चित्रबहादुर केसीसम्म पनि अछुतो छैनन् । फरक यत्ति हो केही दशक अगाडिसम्म आफ्ना सन्तानलाई छात्रवृत्तिको लागि भारतसहित अन्य दूतावासमा लाइन बस्ने गरेकोमा अहिले आफैं भिषा प्रोसेस गराएर जान लागेका मात्रै हुन् । अन्यथा, यो प्रवृत्ति हिजो पनि थियो आज पनि छ र सम्भवतः भोलि पनि रहन्छ भलै स्वरूप परिवर्तन किन नहोस् ।

हामी नेताका सन्तान विदेशी नागरिक भए वा विदेशमा गए भन्दै गर्दा विदेशी नागरिकता र पासपोर्टधारी नेपालको संसदमा निर्वाचित हुनेदेखि निजामती तथा सुरक्षा अंगको उच्च ओहोदामा बसेकाहरूले ग्रिनकार्ड तथा पिआर लिएको विषयले पनि एक समयमा खुबै चर्चा पाएकै थियो । यस्तोमा आफ्नो राष्ट्रवाद सिद्ध गर्न अरूलाई हिलो छ्याप्न छोडेर आफ्नो अनुहार मात्रै हेर्ने हिम्मत गर्ने हो भने वास्तविकता आफ्नै अगाडि छर्लङ्ग हुने तथ्यलाई अस्विकार गर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट