‘तिम्रो साथमै जिउने चाहना’मा शिव र सेजलको जोडी (भिडियो)-Sutra News

‘तिम्रो साथमै जिउने चाहना’मा शिव र सेजलको जोडी (भिडियो)

आइतबार, २१ साउन २०८०

आइतबार, २१ साउन २०८०


गम्भीर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।



शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गर्खैछन् । सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरिर तारिफ योग्य छ ।
सार्वजनिक भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो । भिडियोमा सुधिर पनि विशेष भूमिकामा देखिएका छन् ।

आर्ट मुभिजको प्रस्तुनिमा निर्माण भएको म्युजिक भिडियोमा कोरियोग्राफी पनि स्वयम् निर्देशक बिष्टको नै रहेको छ । भिडियो उत्कृष्ट बनेकाले दर्शकले मन पराउने विश्वास ठकुरीलाई छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतकको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

सुधिर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रुपमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट