एनआरएन अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेलको उम्मेदवारी-Sutra News

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेलको उम्मेदवारी

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।



पोखरेलले आगामी जुलाई २९ मा हुने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । अध्यक्षका आकाङ्क्षी पोखरेल पेसाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट (सीपीए) हुन् ।

एक दशकदेखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढङ्गले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेल बताउँछन् ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्,’यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रूपमा मैले अस्ट्रेलियन बहुसांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु ।’

एनआरएनलाई प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध बिस्तारलगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

अहिलेसम्मका योगदान र व्यक्तिगत दक्षतालाई हेर्दै अस्ट्रेलियावासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ ।

उनले अध्यक्षका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजनासमेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए ।

सिड्नीका युवाको संगठन नेप्लीज युथ एसोसिएसन अस्ट्रेलिया, चितवन समाज अस्ट्रेलियालगायत संघ संस्थासँग आबद्ध भएर काम गरिसकेका अनिल अब भने एनआरएन अस्ट्रेलियाको नेतृत्व लिने गरी तयारीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट