रसिया युद्धमा थप सात नेपालीको मृत्यु-Sutra News

रसिया युद्धमा थप सात नेपालीको मृत्यु

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा उनीहरूको मृत्यु पुष्टि गरेको हो ।



मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

योसँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसिया–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ नेपालीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा हालसम्म दुई सयभन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट