फिल्म ‘छक्का पन्जा ४’को ट्रेलर सार्वजनिक-Sutra News

फिल्म ‘छक्का पन्जा ४’को ट्रेलर सार्वजनिक

शुक्रबार, ५ फाल्गुन २०७९

शुक्रबार, ५ फाल्गुन २०७९

काठमाडौं-‘छक्का पन्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, बुद्दि तामाङ, मलिना जोशी, निर शाह, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय छ । ट्रेलरमा दीपकराजलाई ‘राजा’कै भूमिकामा देखाइएको छ भने केदार घिमिरेलाई शिक्षकको भूमिकामा देखाइएको छ



त्यस्तै नायिका बेनिशा हमाल पत्रकारको भूमिकामा देखा परेकी छन् । फिल्म रिलिजको २ साता अगाडि ट्रेलर सार्वजनिक भएको हो । फिल्मलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । ल्ममा दीपेन्द्र खनियाँ र केशव न्यौपानेको लगानी छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, दीपकराज गिरीको कथा तथा लेखन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, निमेश श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट