बझाङमा एमालेका भण्डारीले बढाए मतान्तर, माओवादी र एकीकृत समाजवादी धेरै पछि-Sutra News

बझाङमा एमालेका भण्डारीले बढाए मतान्तर, माओवादी र एकीकृत समाजवादी धेरै पछि

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन् ।



२८ हजार ५६८ मत गन्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत पाएका छन् । जहाँ कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ७६१ मत पाएका छन् । सिंहभन्दा भण्डारी ३४२ मतले अगाडि छन् ।

भण्डारी र सिंहबीच सुरुवातदेखि नै निकै बलियो प्रतिस्पर्धा देखिएको छ । यद्यपि, पछिल्लो मतगणनाको परिणामलाई हेर्दा, एमालेका भण्डारीले लगातार मतान्तर बढाइरहेका छन् ।

जहाँ माओवादी केन्द्रका जनकबहादुर बुढा र एकीकृत समाजवादीका दिलबहादुर सिंह भने निकै पछि छन् । बुढाले ३ हजार ७९७ मत पाउँदा सिंहले २ हजार ५१० मत पाएका छन् ।

पछिल्लो मतपरिणामलाई हेर्दा, बझाङ–१(१)मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट