प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)-Sutra News

प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)

बिहिबार, ५ माघ २०७९

बिहिबार, ५ माघ २०७९

संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी । सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।



सत्तागठबन्धनका उम्मेदवार घिमिरेलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सांसदको समर्थन छ । यदि तीन पार्टीले भोट हालेनन् भने घिमिरेले १४४ मत पाउने देखिन्छ । जुन विजयका लागि पूर्ण हुन्छ ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई कांग्रेसका ८८, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसदको समर्थन छ । जसपाले पनि न्यौपानेलाई मत हाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट