प्रेमराजा महतको नयाँ गीत ‘बन्दिपुरैमा –२ : ढुंगेधारैको’ लोकप्रिय बन्दै-Sutra News

प्रेमराजा महतको नयाँ गीत ‘बन्दिपुरैमा –२ : ढुंगेधारैको’ लोकप्रिय बन्दै

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौं – चर्चित गायक प्रेमराजा महतको नयाँ गीत ‘बन्दिपुरैमा –२ स् ढुंगेधारैको’ लोकप्रिय बन्दै गइरहेको छ । ४ दिनअघि युट्युबमा सार्वजनिक यस गीतको भिडियोले दर्शकको मन निकै जितेको छ ।



गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म ३ लाख ८५ हजार भन्दा बढीले हेरिसकेका छन् । गीतमा उनकै शब्द एवं संगीत रहेको छ । गीतको भिडियोमा पनि गायक महतले नै अभिनय गरेका छन् । उनलाई मोडल रीना थापाले अभिनयमा साथ दिएकी छिन् । भिडियोमा लोकगायक नारायण रायमाझीको निर्देशन र रामजी लामछानेको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट