विपिन, दयाहाङ र प्रियंका कार्कीको फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक-Sutra News

विपिन, दयाहाङ र प्रियंका कार्कीको फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक

सोमबार, ४ पौस २०७९

सोमबार, ४ पौस २०७९

काठमाडौं – फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको यस फिल्मको टिजर सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।



सामाजिक कथामा आधारित यस फिल्ममा विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र सुब्बाको लेखन र मनिष ढकालको निर्माण रहेको छ । फिल्म फागुनको ५ गते देशभरका हलहरुमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट