कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो-Sutra News

कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो

बिहिबार, १५ मंसिर २०७९

बिहिबार, १५ मंसिर २०७९

पछिल्लो समय कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमण बढ्दै गइरहेको छ । हाल प्रदेशभर करिब सात सय एचआईभी सङ्क्रमित रहेका छन् । पाँच जिल्लामा छ सय ९० एचआइभी सङ्क्रमित अहिले नियमित उपचारमा रहेका छन् ।



स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार सबैभन्दा धेरै एचआइभी सङ्क्रमित सुर्खेतमा छन् भने अन्य पाँच जिल्ला जुम्ला, हुम्ला डोल्पा, मुगु र जाजरकोटमा भने एचआइभी सङ्क्रमितको सङ्ख्या थोरै देखिन्छ । सुर्खेतमा तीन सय ६२ एचआइभी सङ्क्रमित देखिँदा दैलेखमा दुई सय तीन, रुकुम–पश्चिममा ५९, कालिकोटमा ४० र सल्यानमा २६ सङ्क्रमित रहेको निर्देशनालयका सूचना अधिकारी पद्मबहादुर केसीले बताउनुभयो ।

एचआइभी सङ्क्रमित नखुल्ने भएकाले सङ्ख्या योभन्दा बढी हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिनुभयो । अहिले पनि सङ्क्रमित समाजमा अपहेलित हुने डरले नखुल्ने गरेकाले सङ्क्रमण भित्रभित्रै फैलिएको उहाँले बताउनुभयो । प्रदेशमा महिलाभन्दा पनि पुरुष एचआइभी सङ्क्रमित बढी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट