बाजुरामा आज पनि हुनसकेन मतगणना-Sutra News

बाजुरामा आज पनि हुनसकेन मतगणना

बुधबार, १४ मंसिर २०७९

बुधबार, १४ मंसिर २०७९

बाजुरामा आज बुधबार पनि मतगणना सुरु सकेको छैन । आज दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।



यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने छ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट