Logo

मेयरमा पराजित सिंहलाई उपमहानगरको न्याय, कांग्रेस र थापालाई पछारेर सांसदमा बिजयी



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक सिंहले मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्यमा बिजय हासिल गरेका छन्। मतगणनाको सुरुआती चरणमा प्रतिस्पर्धामा नै नरहेका सिंहले अन्तिम अवस्थामा ठूलो जीत निकालेका हुन्।

स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा पराजित सिंहले कांग्रेसकी डिना उपाध्याय र सूर्यबाट लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका हुन्।

मेयरमा पराजित गराएको उपमहानगरले नै उनलाई प्रतिनिधि सभामा जिताएर न्याय गरेको हो।

अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए। तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए। हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे। अन्ततः२ हजार ३९६ मतान्तरमा जीत निकाल्न सफल भए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:००

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट