कर्णालीमा बिना विभागीय मन्त्री परियारले लिए सपथ-Sutra News

कर्णालीमा बिना विभागीय मन्त्री परियारले लिए सपथ

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त बिना विभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।



कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।

गत चैत २७ गते नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट