आज रातिदेखि उपनिवार्चनका लागि मौन अवधि सुरु हुँदै-Sutra News

आज रातिदेखि उपनिवार्चनका लागि मौन अवधि सुरु हुँदै

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि लागु हुने भएको छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ ।



निर्वाचन आचार संहिताअनुसार मतदानको ४८ घण्टाअघि मौन अवधि सुरु हुन्छ । यही शनिबार इलाम २ मा प्रतिनिधिसभा र बझाङ क्षेत्र नं. १ ‘क’मा प्रदेशसभाको निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधिमा आचार संहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट