इलाममा पुगेर स्वर्णिम वाग्लेले भने- मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ-Sutra News

इलाममा पुगेर स्वर्णिम वाग्लेले भने- मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका नेता वीपी कोइरालाको सम्झना गरेका छन् । इलाम २ मा यही १५ गते हुने निर्वाचनका लागि चुनावी अभियानमा पुगेका उनले कांग्रेस नेता कोइरालालाई सम्झना गरेका हुन् ।



उनले चुनावी सभालाई सम्बोधन गर्दै नेपाली राजनीतिमा आफ्नो रोल मोडल व्यक्ति वीपी कोइराला भएको बताएका हुन् । उनले भने, ‘म पनि वीपी कोइरालाको अनुयायी हुँ, आजका दिनमा पनि नेपाली राजनीतिमा मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ ।’

यस क्रममा उनले कांग्रेसका स्थापना कालीन नेताहरूको उद्देश्यअनुसार काम गर्न नसकेको आरोप लगाए । ‘नेपाली कांग्रेसका साथीहरू यहाँ हुनुहुन्छ, थोर बहुत परिचय हाम्रो पुरानै हो, के वीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ यहाँ ?,’ उनले थपे ।

इलाम २ मा रास्वपाबाट मिलन लिम्बुले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट