निर्वाचन आयोगले हार्यो, तोसिमाको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश-Sutra News

निर्वाचन आयोगले हार्यो, तोसिमाको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेजीको माग गर्दै डा. तोसिमा कार्कीविरुद्ध दिएको निवेदनमा निर्वाचन आयोग पराजित भएको छ।



सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेका कारण उम्मेदवारी खारेज गरेको आयोगविरुद्ध सर्वोच्च अदालतमा कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिइएको थियो। त्यसपछि डा. कार्की तिव्रताका साथ चुनावी प्रचारमा सक्रिय रहेकी थिइन्।

सर्वोच्चको आदेश पुनारावलोकनका लागि आयोगले सर्वोच्चमा निवेदन दिएको थियो। न्यायाधीश ईश्वरप्रसाद खतविडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश दिएको हो।

डा. कार्की सत्ता गठबन्धनकी पम्फा भुसालसँग मैदानमा उत्रिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट