भोलिदेखि गोरखाबाट चुनावी अभियान सुरू गर्दै राप्रपा-Sutra News

भोलिदेखि गोरखाबाट चुनावी अभियान सुरू गर्दै राप्रपा

शुक्रबार, १८ कार्तिक २०७९

शुक्रबार, १८ कार्तिक २०७९

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन् । निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न खुला गरेको छ ।



आयोगको अनुमतिसँगै राजनीतिक दलले विभिन्न स्थानमा आफ्नो चुनावी सभा आयोजना गर्न थालेका छन् । चुनावी अभियानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगिसकेका छन् । यस्तै राप्रपाले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको क्षेत्र गोरखा २ बाट चुनावी अभियान गर्न लागेको छ ।

यस क्षेत्रमा राप्रपाबाट सुशील पन्त प्रतिनिधि सभातर्फ रहेका छन् । शनिबार पालुङटारमा हुने चुनावी सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् । यस्तै राप्रपाले कात्तिक २५ गते काठमाडौंमा पनि आमसभा गर्दैछ । सिन्धुपाल्चोक, मकवानपुर, सिरहालगायत जिल्लामा पनि राप्रपाले सभाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट