अबदेखि हाम्रो पात्रोले पनि रेमिट्यान्सको कारोबार गर्न पाउने, राष्ट्र बैंकले दियो मान्यता-Sutra News

अबदेखि हाम्रो पात्रोले पनि रेमिट्यान्सको कारोबार गर्न पाउने, राष्ट्र बैंकले दियो मान्यता

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

काठमाडौँ । हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । राष्ट्र बैंकले हाम्रो पात्रोलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार लाइसेन्स दिएको जनाएको छ ।



सेवा शुरू गरेको २ महिनामै हाम्रो रेमिटले १० मिलियन अर्थात १ करोड रूपैयाँ नेपाल पठाएको थियो ।

रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ ।

हाम्रोपात्रोमा विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, स्वास्थ्य परामर्श लगायतका फिचर पनि उपलब्ध रहेका छन् ।

यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो  नेपालको सर्वाधिक लोकप्रिय एप हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट