मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै-Sutra News

मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ । रामेछापमा खानेपानी आयोजना उद्घाटन गर्न पुगेका उनको स्वास्थ्यमा समस्या आएको हो ।



उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनी बीच बाटोबाटै काठमाडौं आउने भएका हुन् ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट