८१ की महिला र ३६ का पुरुष बुढाबुढी, प्रेम र रोमान्स ‘टीनएज’जस्तै  -Sutra News

८१ की महिला र ३६ का पुरुष बुढाबुढी, प्रेम र रोमान्स ‘टीनएज’जस्तै  

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

८१ वर्षकी पेन्सनधारी एक महिला आइरिस जोन्स र ३६ सालका एक युवा मोहम्मद इब्राहिमको लव स्टोरीले यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको छ ।



यो जोडीले बिहे गरिसकेको छ । अन्तर्वार्ताका लागि सबैभन्दा पहिला बेलायती टिभी चियानल आइटिभीको प्रख्यात शो दिस मर्निङमा जमेर कुराकानी गरेका छन् ।

इजिप्टका मोहम्मद आफ्नी पत्नी आइरिसबाट अलग थिए । जब उनलाई बेलायतको भिजा मिल्यो तब उनी बेलायत आएर आइरिससँग बस्न थालेका हुन् ।

आइरिसले भनिन्, ‘लक-डाउनका कारण मेरो पति मोहम्मदलाई भिजा मिलिरहेको थिएन । त्यतिबेला मलाई निकै अप्ठेरो लाग्यो । हामी फोनमा कुरा गर्थ्यौं तर त्यो पर्याप्त थिएन ।’

उनीहरूले उमेरको फरकका कारण मान्छेहरूले आलोचना गर्ने गरेको शोमा बताए । उनीहरूबीच करीब ४५ वर्षको अन्तर छ । ‘आलोचनाका कारण हामीले दबाबको महसुस गर्छौं,’ आइरिसले भनिन् ।

मोहम्मदसँग आफ्नो यौन जीवन राम्रो चलिरहेको उनले शोमा बताइन् । ‘मोहम्मदले राम्रो लव मेकिङ गर्छ,’ उनले भनिन्, ‘मलाई उ निकै ह्याण्डसम लाग्छ । हाम्रो प्रेम टीन एजजस्तै छ । बिस्तारामा उसले राम्रो प्रदर्शन गर्छ ।’

मोहम्मदले पैसाका लागि आफूले बिहे नगरेको बताए । ‘मलाई थाहा छ कि मान्छेहरूले उमेरको फरक देखेर यस्तै यस्तै सोच्ने गर्छन्,’ उनीहरूले भने, ‘तर हामी हाम्रो खर्च आधा आधा सेयर गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट