कोरोनाको दुवै डोज खोप लगाउनेलाई रक्सी किन्दा १० प्रतिशत छुट-Sutra News

कोरोनाको दुवै डोज खोप लगाउनेलाई रक्सी किन्दा १० प्रतिशत छुट

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

भारतको मध्यप्रदेशको मन्दसुर जिल्लामा कोरोनाको दुवै डोज खोप लगाउनेलाई रक्सी किन्दा दश प्रतिशत छुट दिने नियम ल्याइएको छ ।



जिल्लाका एक अधिकारीले जारी गरेको आदेशमा कोरोनाको खोप अभियान अन्तर्गत दुवै डोज खोप लगाउनेलाई मदिरा किन्दा १० प्रतिशत छुट दिने बताइएको हो ।

यसका लागि शिविरसमेत लगाइएको थियो । शिविरमा खोप लगाएपछि स्थानीयहरू मदिरा किन्न दगुरेका छन् ।

जिल्ला अधिकारीको यस्तो आदेशलाई भारतीय जनता पार्टीका विधायक यसपाल सिंह सिसौदियाले आलोचना गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो प्रावधानले मदिरा पिउनलाई प्रोत्साहन गर्ने भन्दै तत्काल रोक्नसमेत माग गरेका छन् ।

सिसौदियाले गत लोकसभा निर्वाचनमा मदिरा बिक्रीमा रोक लगाउनुपर्ने भन्दै आफ्नो चुनावी अभियान संचालन गरेका थिए ।

मध्यप्रदेशको मन्दसौर जिल्लामा खोपको दोस्रो डोजले ५० प्रतिशत पनि लक्ष्य हासिल गरेको छैन । त्यसैलाई पूरा गर्न गतसाता यस्तो अभियान चलाइएको अधिकारीहरूले बताएको भारतीय समाचार एजेन्सी आईएएनएसले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट