धनगढी पुगेर नेपालले गरे देउवाको प्रशंसा-Sutra News

धनगढी पुगेर नेपालले गरे देउवाको प्रशंसा

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको र नेकपा (एमाले) बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताएका छन्  ।



कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताए ।

उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।”

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट