भारतमा निरन्तर कोभिड संक्रमण दर घट्दो-Sutra News

भारतमा निरन्तर कोभिड संक्रमण दर घट्दो

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ । कुल संक्रमितमध्ये ०.३९ प्रतिशत मात्र सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



अहिलेको संक्रमणदर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ । त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ ।

अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८.२६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो । भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन् ।

अहिले औसतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप अभियान तीव्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट