तालिम गर्ने क्रममा आकाशमै ठोक्कियो दुई हेलिकप्टर-Sutra News

तालिम गर्ने क्रममा आकाशमै ठोक्कियो दुई हेलिकप्टर

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । मलेसियामा नौसेनाको तालिम गर्ने क्रममा दुई वटा हेलिकप्टर ठोक्किँदा दुर्घटना भएको छ । मलेसियन नौसेनाका दुई हेलिकप्टर रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गर्ने क्रममा आकाशमा ठोक्किएको हो ।



दुवै हेलिकप्टरमा चालक दलका १० जना सवार रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको जनाइएको छ ।

सार्वजनिक भएको भिडिओ फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर खसेको देखिन्छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

गत आइतबार जापानमा पनि दुई सैन्य हेलिकप्टर आपसमा ठोक्किएर समुद्रमा खसेको थियो । घटनामा एक जनाको मृत्यु हुँदा सात जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट